पोखरामा शुक्रबार बेलुकी ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
याम्दी नजिकै ७ बजेतिर भएको दुर्घटनामा रुकुम पश्चिम घर भई पोखरा याम्दी बस्दै आएकी ५५ वर्षीया धनकुमारी बुढाको मृत्यु भएको हो ।
घान्द्रुकबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा गम्भिर घाइते भएकी बुढाको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा राति ९ बजेतिर मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
घाइते बुढाको टाउकोमा गम्भिर चोट लागेको थियो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनकुमारी जेब्रा क्रसिङबाटै बाटो काटेको तर दौडिएर सडक पार गरेको सीसी फुटेजमा देखिन्छ । धनकुमारी श्रीमानसँगै सडक पार गर्न लागेको समयमा उनी भने अगाडि बढेको देखिन्छ ।
मृतक चर्चित सामाजिक अभियन्ता गिभिना मगरकी आमा हुन् ।
