• Saturday 17th of October 2026

अबैध एक किलो सुनसहित चितवनका सुबेदी बिमानस्थलमा पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ मंसिर । त्रिभुवन विभानस्थलमा अबैध सुनसहित एक पक्राउ परेका छन ।
 
बिमानस्थल भन्सारका अनुसार एयर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका चितवनका आशिष सुवेदी १ किलो १ सय ग्राम सुनसहित पक्राउ परेका हुन् ।
 
रबरको एक प्रकारको भाँडो बनाएर त्यसमा सुनलाई प्याक गरेर ल्याएको अवस्थामा सुवेदी पक्राउ परेको जनाइएको छ ।

भिजिट भिसामा दुबई गएकामा काम नपाएर फर्किने बेला अपरिचित व्यक्तिले सुन काठमाडौं पुर्‍याएमा १० हजार दिने आश्वासन पछि साे सुन ल्मायाएकाे उनले प्रारम्भिक बयान दिएका छन् ।
 
सुवेदीलाई गौशाला प्रहरीमा राखिएको छ । थप अनुसन्धान जारी राखिएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖