• Saturday 17th of October 2026

टिकटकर गिभिनालाई शोकमाथि शोक, आमाको मृत्युपछि भाइले गरे आत्महत्या


  • धनकुटा खबर
  • .

काठमाडौं । चर्चित टिकटकर गिभिना मगरलाई शोकमाथि शोक परेको छ । ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनकी ५५ वर्षीया आमा धनकुमारी बुढाको उपचारको क्रममा मृत्यु भएपछि उनका भाइ रामकुमार बुढाले आत्महत्या गरेका हुन् ।

याम्दीमा जेब्रा क्रस गर्ने क्रममा उनलाई ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिएको थियो । आमाको निधनपछि विक्षिप्त बनेका उनका २६ वर्षीया भाइ झुन्डिएको अवस्थामा फेला परेका पोखरा २५ का अध्यक्ष तथा पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले जानकारी दिए ।

तिम्सिनाका अनुसार आमाको दुर्घटना भएपछि सबैलाई सम्हालेर सुत्न पठाएका उनले अरू गएपछि सुसाइड गरेका हुन् । पूर्वी रुकुम घर भएका गिभिनाको परिवार अहिले पोखरा २५ याम्दीमा बस्दै आएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖