• Saturday 17th of October 2026

टिप्परमा ठोक्किएर घाईते भएकाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं , १६ मंसिर । टिप्परमा ठोक्किएर घाईते भएका मोटरसाईकल चालकको मृत्यु भएको छ।

 

जडीबुटी, काठमाडौंमा रोकिराखेको टिपरमा ठोक्किर गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा पर्सा वीरगञ्ज महानगरपालिका–१४ मुरलीबगैँचा घर भई काठमाडौंको काँडाघारी बस्ने ४५ वर्षीय सञ्जय सिंह रहेका छन्।

 

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमासेन्टर महाकालमा उपचारका क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी भईरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖