• Saturday 17th of October 2026

मोटरसाइकल दुर्घटनामा पटेलको मृत्यु


  • धनकुटा खबर
  • .

पर्सा । पर्सामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।

आइतबार राति करिब साढे ९ बजे भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिँदा बहुदरमाई नगरपालिका–९ का ३५ वर्षीय जटाशंकर पटेलको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

दुर्घटना वीरगञ्ज महानगरपालिका–१३ स्थित सरिसवापुल क्षेत्रमा भएको थियो। पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार ड्राइपोर्टतर्फबाट आइरहेको दुई भारतीय गाडीमध्ये एउटा गाडीले प्रदेस २-०३-००४ प ५५१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनापछि ती दुईवटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यस घटनाले क्षेत्रका सवारी सुरक्षाको अवस्थाबारे चासो बढाएको छ। प्रहरीले दुर्घटनाको कारण र जिम्मेवारी निर्धारणका लागि थप छानबिन जारी राखेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖