नयाँदिल्ली । विश्वको सबैभन्दा सुन्दर भवन ताजमहलमा मंगलबार बम पड्काउने धम्की आएको छ ।
यो धम्कीपूर्ण मेल पर्यटन विभागलाई पठाइएको छ। यो धम्की पाएपछि ताजमहल वरपर सुरक्षा बढाइएको छ ।
अर्कोतर्फ, ताजमहल भित्र छानबिन भइरहेको छ र ताज सुरक्षा पुलिस पनि मेल पठाउनेको खोजीमा जुटेको छ।
थप बिवरण अाउन बाँकी छ।