काठमाडौ । टिकटकबाट सफलता हासिल गर्दै घर किन्ने सम्मको यात्रा तय गरेका चर्चित टिकटकर आयुषले हालै आफ्नी आमामाथि गम्भीर आरोप लगाएको विषयले धेरैको ध्यान खिचेको छ।
आयुषले टिकटक लाईभमार्फत आमाको चरित्रमाथि प्रश्न उठाउँदै तिखो आलोचना गरेका थिए।
उनकी आमाले भने छोराको यी आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै भावुक प्रतिक्रिया दिएकी छन्। उनले भनिन्, “छोरा, तिमीलाई म आफ्नो काखमा च्यापेर, खाई–नखाई हुर्काएँ। तिमीलाई पढाउन काठमाडौँमा राखेँ र विदेशमा काम गरेर पनि तिमीलाई सहयोग गरिरहेँ। तर आज तिमी मलाई गलत आरोप लगाउँदैछौ। म तिम्री आमा हुँ, मेरो प्रेममा कुनै शंका नगर। तिमीलाई मेरो हिसाब चाहिएमा म दिन तयार छु। तर मलाई नराम्रो नभन, तिम्रो भलो मात्र चाहन्छु।”
