• Saturday 17th of October 2026

यसरी जंगलमा भेटियो युवतीको शव


  • धनकुटा खबर
  • .

गोरखाको बारपाकस्थित जंगलमा युवतीको शव फेला परेको छ।
बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ बारपाककी १८ वर्षीया सुचिना घलेको शव मंगलबार जंगलमा फेला परेको हो।

घाँस काट्न जंगल गएकी उनी तीन दिनदेखि बेपत्ता थिइन्।
मंसिर १५ गते घाँस काट्न भन्दै स्थानीय स्युङमान पाखा जंगल गएकी युवती त्यस दिन घर नफर्केपछि परिवार, गाउँलेहरू र सुरक्षाकर्मीहरू दिनहुँ खोजीमा जुटेका थिए।

शवको केही भाग गाडेको अवस्थामा फेला परेको खोजीका लागि जंगलमा पुगेका गाउँलेहरूले बताएका छन्।

घाँस काट्न गएकी घले घर नफर्केपछि खोजीका लागि परिवारले बारपाक प्रहरी चौकीमा खबर गरेका थिए। त्यसपछि बारपाक र इलाका प्रहरी कार्यालय जौवारीबाट प्रहरीहरू पनि खोजीमा गएका थिए।

घाँस काट्न भनेर जंल गएकी घलेको शव गाडिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुवेदीले बताए।

युवतीको शव भेटिएको ठाउँनजिकै काटेका घाँसका स-साना मुठा फेला परेका थिए। साथै घटनास्थल नजिकै डोको, रगत र कपालसमेत फेला परेको थियो।

युवतीको हत्या भएको अनुमान छ। त्यसैले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट कुकुरसहित विशेषज्ञ टोली झिकाएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यस घटनाबारे छिटो अनुसन्धान गर्न बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले विज्ञप्तिमार्फत प्रहरीलाई आग्रह गरेका छन्।

गाउँपालिकाले घटनाको अनुसन्धानमा सहयोग गर्न स्थानीय बासिन्दा लगायतलाई आग्रहसमेत गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖