• Saturday 17th of October 2026

यसरी गाडी खस्यो ! एक महिलाको मृत्यु, ४ घाइते सिकिस्त


  • धनकुटा खबर
  • .

धनगढी: बाजुरामा गाडी दुर्घटना भएको छ। आइतबार जिल्लाको मार्तडीमा दुर्घटना भएको हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सुदूरपश्चिम प्रदेश ००१–००१ च ४३१६ नम्बरको स्कारपियो सडकको माथिल्लो मोडबाट स्कारपियो गाडी तल्लो मोडमा खसेको थियो।

अहिले घाइतेलाई जिल्ला अस्पताल बाजुरामा लगेर उपचार थालिएको छ। मृतक र घाइतेको नाम खुलेको छैन।

स्कारपियो कोल्टीबाट मार्तडी जाने क्रममा मार्तडी नजिकै दुर्घटना भएको हो। घटनाको विस्तृत विवरण आउन बाकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖