• Saturday 17th of October 2026

एकै घरका तीनजना पासो लगाएको अबस्थामा मृत फेला


  • धनकुटा खबर
  • .

नुवाकोट । किस्पाङ १ भाल्चेमा एकै घरका तीनजना पासो लगाएको अबस्थामा मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा २४ वर्षिय चिन्दी माया तामाङ (आमा) ६ वर्षिय रोसन घले र ३ वर्षिय रोमन घले (छोराहरु) रहेका छन् ।

घटनास्थललाई प्रहरी चौकी फिकुरीले सिल गरेको छ भने जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोलि घटना स्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले वताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖