नुवाकोट । ६ वर्ष पहिले रेसबहादुरसंग प्रेमबिवाह भएको २३ वर्षीया चन्दीमाया तामाङको । सुरुका दिनहरु सुखदुःखमा बिते । बिस्तारै उनीहरुका दुई बच्चाहरु पनि जन्मिए । तर उनीहरु बीच पछिल्ला दिन सुखमय बन्न सकेनन् ।
उनीहरुबीच सधै घरमा झ’गडा हुन सुरु गर्यो । श्रीमान रेसबबहादुरले श्रीमतीलाई परपुरुषसँग लागेको संका गर्दै श्रीमतीलाई यातना दिन गर्न सुरु गरे । बिस्तारै उनले हा’तपा’त गर्ने क्रम बढ्यो । आइतबार पतिपत्नीबीच झ’गडा परेपछि रेसबहादुर श्रीमान रेसबबहादुरले श्रीमती चन्दीमायालाई दुई थ’प्पड गालामा हा’ने । त्यसपछि श्रीमान रेसबहादुर घर नजिकै रहेको बारीमा हरियो केराउ टिप्नका लागि गए ।
‘सोही बेला चन्दीमायाले आफ्नो ठूलीआमासँग फोनमा कुरा गरेकी रहिछन्। मलाई कु’टपि’ट गर्यो। अब म बाँच्च सक्दिनँ। म पनि मर्छु, छोराहरुलाई पनि सँगै लैजान्छु भनेर रुँदै फोन गरेकी थिइन् रे। यति भनेर उनले फोन राखिछन्। त्यसपछि ठूलीआमाले फेरी फोन गर्न खोज्दा फोन लागेनछ।’चन्दीमायाले ‘म अब बाँच्दिन’ भन्दै ठूलीआमा नाता पर्नेलाई फोन गरेपछि उनले तुरुन्तै मान्छे पठाईन ।
तर उनि घर पुगिसक्दा ५ वर्षका जेठा छोरा रोशन र ३ वर्षका कान्छा छोरा रोहन चन्दीमाया नजिकै झु’ण्डि’एकै अवस्थामा फेला परे। ‘घटना ह’त्या कि आ’त्मा’ह’त्या भन्ने अझै खुलेको छैन,’ ‘प्रारम्भिक अनुसन्धानबाट चन्दीमायाले नाबालक छोराको ह’त्या गरेर आ’त्मा’ह’त्या गरिन् कि भन्ने देखिन्छ।
यद्यपि, पुष्टि हुनको लागि पोष्टमार्टम रिर्पोट कुर्नुपर्ने देखिएको छ। संकाका कारण यसरि एउटा प्रेम बिवाह र त्यसपछिका दुई नाबालकहरुको संसार अन्त्य भएको छ ।
