• Saturday 17th of October 2026

यसरी भयो भयानक दुर्घटना : अनियन्त्रित बसले किच्दा चार जनाको मृत्यु, २५ घाइते


  • धनकुटा खबर
  • .

भारतको मुम्बईमा सोमबार राति भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

सो दुर्घटनामा २५ जना घाइते भएको भारतीय सञ्चारमाध्यले जानकारी दिएको छ। कुर्लामा बस अनियन्त्रित भई सवारीलाई ठक्कर दिएको थियो।

प्रहरीका अनुसार बस चालकलाई नियन्त्रणमा लिएर मुद्धा दर्ता प्रक्रिया सुरु गरिएको छ। सबै घाइतेको उपचार भइरहेको छ। बस कुर्लाबाट अन्धेरीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖