• Saturday 17th of October 2026

बैंगलुरुका एआई इन्जिनियरको मृत्यु प्रकरणमा श्रीमतीसहित चार जनाविरुद्ध एफआईआर दर्ता


  • धनकुटा खबर
  • .

बैंगलुरु । बैंगलुरुका एआई इन्जिनियर अतुल सुभाषको मृत्युको सम्बन्धमा प्रहरीले चार जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। इन्जिनियर अतुल सुभाषको पत्र अनुसार श्रीमती र ससुराको यातनाबाट दिक्क भएर आत्महत्या गरेका हुन् ।

बैंगलुरुका डीसीपीले भने, ‘उजुरीका अनुसार उनकी श्रीमती र ससुराले मुद्दा सुल्झाउन पैसा मागेका थिए। उनकी श्रीमती र श्रीमतीको परिवारले अतुललाई मानसिक रूपमा उत्पीडन गरिरहेका थिए, जसका कारण उनले आत्महत्या गरे।’

अतुल सुभाषका भाइ विकास कुमारको उजुरीको आधारमा बैंगलुरुको मराठहल्ली पुलिस स्टेशनमा आत्महत्या दुरुत्साहनको धारा अन्तर्गत एफआईआर दर्ता गरिएको छ। अतुल सुभाषले डिसेम्बर ९ मा आत्महत्या गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖