• Saturday 17th of October 2026

मुम्बईबाट न्यायाधीश नितिज राईलाई मेरो खुल्ला पत्र


  • धनकुटा खबर
  • .

आदरणीय न्यायाधीश ज्यु सादर नमस्कार

मेरो घर बैतडी जिल्ला शिवनाथ १ गाउँसल्ला
मदन सिह चाड

केही बिन्ती बिसाउन चाहन्छु।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभपती रबि लामिछाने ज्युको मुद्दा हजुरको इजलास बाट सुनुवाइ हुँदै रहेछ।

हजुर त जिल्ला अदालत कास्की मात्र होइन देशभरको न्यायालयमा कार्यरत ४६८ जना मध्ये सबैभन्दा कान्छो न्यायाधीश हुनुहुदो रहेछ ।
मैले सामाजिक संजालमा देखेको थिए २०४७ साल भदौमा जन्मिएको हजुर अहिले ३५ बर्षको हुनु भएछ।

म उमेरले म २९ बर्षको भए उमेरको हिसाबले हजुर म भन्दा ६ बर्षले जेठो हुनुहुदो रहेछ।

तर हजुर आफ्नो पढाइ क्षमता खुबिको आधारमा न्यायाधीश जस्तो सम्मानित र उच्च पदमा हुनुहुन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई रिहा गर्ने वा पुर्पक्षकालागि जेल चलान गर्ने भन्ने आदेश हजुरकै हातमा छ।
३ करोड नेपाली जनताको ध्यान अहिले हजुर तिरै आकर्षित भएको छ।
आफ्नो घर परिवारको खुशिको लागि र सुनौलो भबिस्य कोर्नको उद्देश्यले बाध्यताबश खाडिको ४५/५० डोग्री सोल्सियस तापक्रममा बेल्चा चलाइरहेका कैयौं नेपाली दाजुभाइ दिदिबहिनीहरुको अन्तिम आशा र भरोसा हजुर माथी अडिएको छ।

३ करोड नेपाली जनताका ढुकढुकी जनप्रीय नेता कसैलाई बेचेर होइन बेचिएका कैयौं चेलीबेटीहरुलाई उद्धार गरेर कसैलाई रुवाएर होइन रोइरहेका कैयौं वृद्ध आमाबाबू हरुको आँसु पुछिदिएर
,भएको संरचना होइन दुर्गम रासकोट्मा अस्पताल ,पानीले डुबान मधेसमा बस्ती बनाएर राजनितिमा आउनु भएको हो।

पुराना राजनीति दल काङ्ग्रेस एमालेले बिगत ७० बर्ष देखि हामिलाई झुक्याउदै आका हुन र झुक्याई रहेका छ्न।
यदि देशमै रोजगारी हुन्थ्यो भने सन्तानको भबिस्यको लागि रगत पसिना बगाउन म जस्ता कैयौं युवाहरू बिदेशिनु पर्ने थिएन।
आफ्नै देशमा स्वरोजगार भएको भए परिवार सङ्गै बसेर जेनतेन गर्न सकिनी थियो।

आउदो युवा पुस्ता र हाम्रो सन्ततिहरुको लागि नेपालीको राजनीति सुध्रिनु जरुरी छ।
नया पुस्तालो लागि केही गर्छु भनेर अमेरिक जस्तो सुख सयल त्यागेर आउनु भएको रबि लामिछाने लाई सरकारले विभिन्न आरोप लगाएर हिरासतमा हालेको छ।

बयानको लागि भनेर अदालत सारेको सारेइ छ।
उहाको पनि मानव अधिकार होला नि? त्यो कसैलाई मत्लब छैन रातरात चितवन देखि पोखरा ल्याईयो उहाको स्वास्थ्य परिक्षण समेत गराईएन उहालाई नियोजित ढङ्गले दुख दिइयो रबि लामिछानेको मानव अधिकार हनन गरियो कार्वाही कसैलाई भएन।
सहकारी ठगको अनुसन्धानको लागि प्रहरीले पक्राउ गर्यो विषय सम्पत्ति शुद्धीकरण तिरा मोडियो।

देशमा सबै भन्दा बढी मत ल्याएर सांसद हुनुभएको रबि लामिछानेलाई सभामुख देबराज घिमिरेले निलम्बन गरिदिए।
यति हुदा पनि रबि लामिछानेको आत्माबिश्वास १प्रतिशत पनि घटेको छैन।
साचिकै रबि लामिछानेको मुटु दरो रहेछ।
५ जिल्लाको अदालत घुम्दै फिर्दै अहिले हजुरको इजलासमा आउनु भएको छ।

सकेसम्म भ्यए सम्म र रहे सम्म रबि लामिछानेलाई न्याय दिन म हजुर सामु बिन्ती बिसाउछु।
मेरो आशा भरोस मरेको छैन न
न्यायाधीश
नितिज श्रीमान

मदन सिह चाड
बैतडी जिल्ला शिवनाथ १ गाउँस्ल्ला ,हाल मुम्बई

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖