• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १२ जना घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं । बीपी राजमार्गमा माइक्रोबस दुर्घटना भएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर–६ स्थित कानढुंग्रीमा जनकपुर जाँदै गरेको बा. ३ ख ८४४५ नम्बरको माइक्रो बस दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सो दुर्घटनामा १२ जना घाइते भएका छन् । टायर पञ्चर भएर माइक्रोबस डिभाइडरमा ठोकिएको बताइएको छ । दुर्घटनाका ६ जना घाइतेलाई उपचारको लागी काठमाडौं ल्याइँदै छ भने अन्य ६ जनाको सुनकोशी सामुदायिक अस्पताल उपचार हुँदै छ ।

प्रहरीले माइक्रोबसका चालक ३२ वर्षीय सञ्जय कुमार महतोलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖