• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

सुनको मूल्यमा भारी वृद्धि,कति पुग्यो तोलामा ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्यमा भारी वृद्धि भएको छ ।

सुनको मूल्य आज प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज छापावाल सुन तोलामा १ लाख ५७ हजार ९०० रुपैयाँले कारोबार भइरहेको छ ।

बिहीबार पनि सुनको मूल्य तोलामा १ हजार २०० ले बढेको थियो । पछिल्ला केही दिनयता सुनको मूल्य लगातार बढिरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि थोरै बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेको महाङ्घले जनाएको छ ।

आज चाँदी प्रतितोला १ हजार ८९० रुपैयाँले कारोबार भइरहेको छ । बिहीबार पनि चाँदी तोलामा ५० रुपैयाँले बढेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖