• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

प्रेम सम्बन्ध बिग्रिएपछि युवतीको चरित्र हत्या गर्ने युवक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रेम सम्बन्ध बिग्रिएपछि युवतीको चरित्रहत्या गर्ने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

साइबर अपराध ब्युरोले काठमाडौँको हाँडीगाउँका २७ वर्षीय अभिनाश प्रधानलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार प्रधान पीडित युवतीसँग प्रेम सम्बन्धमा रहेको र उक्त सम्बन्ध बिग्रिएपछि उनले पीडितको अनुहारमा नग्न महिलाको तस्बिर जोडी चरित्र हत्या गरेको भन्दै उजुरी परेको थियो ।

उक्त उजुरीका आधारमा भएको अनुसन्धानमा प्रधानको संलग्नता खुलेपछि बिहीबार पक्राउ गरेर थप अनुसन्धान गरिरहेको ब्युरोले बुधबार जानकारी दिएको छ ।

उनीमाथि साइबर अपराधमा अनुसन्धानका लागि प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद समेत पाइसकेको सूचना अधिकारी दीपकराज अवस्थीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖