• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

ललितपुरका यी स्थानमा आज तीन घन्टा विद्युत अवरूद्ध हुने


  • धनकुटा खबर
  • .

ललितपुरका विभिन्न स्थानमा आज तीन घन्टा विद्युत अवरूद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार ललितपुरको पुल्चोक वितरण केन्द्रको युएन पार्क फिडरअन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति कटौती हुने भएको हो।

प्राधिकरणका अनुसार शंखमुल, युएन पार्क, शंखमूल टाउन प्लानिङ लगायतका क्षेत्रमा विद्युत सेवा अवरूद्ध हुनेछ।

ती क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि फिडर सटडाउनमा राखिने प्राधिकरणले जानकारी दिएको छ।

निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै विद्युत सेवा सुरू हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖