• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

युवतीलाई विज्ञापन सुटिङ गर्न भारत बोलाएर ब’ लात्कार


  • धनकुटा खबर
  • .

भारतीय राज्य राजस्थानको उदयपुरस्थित बडगाउँ प्रहरी थाना क्षेत्रमा फ्रान्सेली युवती बलात्कारमा परेकी छन्।

पीडित युवतीले सोमबार प्रहरी कार्यालयमा एफआईआर (जाहेरी) दर्ता गराएकी छन्।

उदयपुरका प्रहरी उपरीक्षक (एसपी) योगेश गोयलले भनेका छन्, ‘आइतबार एक फ्रान्सेली युवती विज्ञापन छायांकन गर्न उदयपुर आएकी थिइन्, जसलाई बलात्कार गरिएको थियो। फरार आरोपितको खोजी भइरहेको छ। आरोपित राजस्थानको चित्तौडगढका बासिन्दा हुन्।’

बडगाउँ प्रहरी चौकीका इन्चार्ज पुरण राजपुरोहितले भनेका छन्, ‘हामी आरोपितको खोजी गरिरहेका छौँ। सोमबार दर्ता गरिएको एफआईआरमा युवतीले बलात्कारको आरोप लगाएकी छन्। हामीले युवतीको बयान लिएपछि मेडिकल परीक्षण गरेका छौँ। फोरेन्सिक र मेडिकल रिपोर्टको पर्खाइमा छ।’

भारतीय सञ्चामाध्यमका अनुसार आरोपित व्यक्ति इभेन्ट म्यानेजमेन्ट कम्पनीका कर्मचारी पुष्पराज ओझा उर्फ ​​सिद्धार्थ हुन्। उनले पार्टीमा आएकी फ्रान्सेली युवतीलाई सहर घुमाउन भनी लगेको र मोबाइल फोन चार्ज गर्ने बहानामा आफ्नो फ्ल्याटमा पुर्‍याई बलात्कार गरेको आरोप छ।

राजस्थानका पूर्वमुख्यमन्त्री अशोक गहलोतले यस सम्पूर्ण विषयमा राज्यको भारतीय जनता पार्टी सरकारको आलोचना गरेका छन्।

उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘उदयपुरमा एक फ्रान्सेली युवतीमाथि भएको बलात्कारले राजस्थानको बिग्रँदो कानुन व्यवस्थाको अवस्थालाई सम्पूर्ण विश्वसामु उजागर गरिरहेको छ। सम्पूर्ण राज्यमा युवतीहरू असुरक्षित महसुस गर्छन्, तर भाजपा सरकारलाई कुनै वास्ता छैन।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖