• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

ओलीको फोटोमा टेप टाँसेपछि


  • धनकुटा खबर
  • .

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश श्रेष्ठ विवादमा तानिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोमा टेप टाँसेपछि उनी विवादमा आएका हुन् ।

अमेरिकाको न्यूयोर्कस्थित कन्सुलेट कार्यालयमा राखिएको प्रधानमन्त्री ओलीको भित्ते फोटो (मुख भएको ठाउँ) मा श्रेष्ठ समूहले टेप टाँसेको आरोप लागेको छ । नेकपा एमालेनिकट प्रेस चौतारीका पूर्व अध्यक्ष गणेश बस्नेतले आज सामाजिक सञ्जाल फेसबुकमा उक्त फोटो पोष्ट गर्दै भनेका छन्, ‘एनआरएनएको महेश श्रेष्ठ र जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले यस्तो अपराधपूर्ण काम गरे भनेर साथीहरुले यो तस्बीर पठाउनुभयो ।’

तस्बीरमा देखिएजस्तो नै भएको हो भने क्षमा दिन नमिल्ने भन्दै उनले थपेका छन्, ‘कसैले एडिट गरेको हो भने त्यो पनि अपराध नै हो । प्रधानमन्त्रीको फोटोमा यस्तो हर्कत गर्न मिल्दैन । तस्बीरमा परराष्ट्रमन्त्रीले बनाएको मानिसले नै यो काम गरे भन्ने आरोप छ है ।’

एनआरएनए अध्यक्ष श्रेष्ठ परराष्ट्रमन्त्री डा.आरजु राणा देउवानिकट मानिन्छन् । गत वैशाखमा भएको एकता महाधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएपनि प्रधानमन्त्री ओलीले भने बद्री केसी समूहलाई नै आधिकारिक मानेको देखिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖