• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

टेकबहादुर लाई जन्मकैदको फैसला


  • धनकुटा खबर
  • .

जिल्ला अदालतले नौ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग लागेका टेकबहादुर विकलाई जन्मकैदको फैसला गरेको छ ।

अदालतका स्रेस्तेदार दामोदर घिमिरेका अनुसार न्यायाधीश तेजनारायण पौडेलको इजलासले जेठ ११ गते नाबालिग बलात्कार कसुरमा घोराही १४ का ४० वर्षीया विकलाई दोषी ठहर गर्दै जन्मकैद, सात लाख जरिवाना, ४० हजार क्षतिपूर्ति र दुई हजार आठ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको हो ।

विकले ०८० असोज ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई पक्राउ गरी ०८० असोज २६ गते जबरजस्ती करणी सम्बन्धी मुद्दा चलाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖