• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

भारतको कर्नाटकमा दुर्घटना: पहिचानविहीन नेपाली कोमामा


  • धनकुटा खबर
  • .

बेंगलुरु, कर्नाटक— भारतको कर्नाटक राज्य, बेंगलुरुस्थित काडगुडी क्षेत्रमा हिजो राति करिब २ बजे एक नेपाली नागरिकको सडक दुर्घटनामा परि गम्भीर घाइते भएका छन्। स्थानीय प्रहरीले उनलाई उद्धार गरी वाइदेवी अस्पतालमा भर्ना गराएको छ।

अस्पतालका अनुसार ती व्यक्ति कोमामा छन् र हालसम्म उनको पहिचान खुल्न सकेको छैन। दुर्घटनामा परेका व्यक्ति नेपाली मूलका भए पनि उनी नेपालका कुन क्षेत्रका हुन् भन्ने थाहा भएको छैन।

अहिलेसम्म उनको आफन्त वा चिनेजानेका व्यक्तिहरूसँग कुनै सम्पर्क हुन नसकेकोले उनलाई चिन्न सक्ने व्यक्तिहरूलाई तुरुन्त सम्पर्क गर्न अनुरोध गरिएको छ।

सम्पर्क गर्नुपर्ने फोन नम्बर: 9880734363
ती व्यक्तिको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, यस सूचनालाई सकेसम्म धेरै व्यक्तिसम्म पुर्‍याउन आग्रह गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖