• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

श्रीमतीलाई भाइले आँखा लगाएको भन्दै बन्चरोले हानेर हत्या


  • धनकुटा खबर
  • .

आफ्नो श्रीमतीलाई सहोदर भाइले आँखा लगाएको भन्दै अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं ६ पाखा पानीमा दाजुले आफ्नै सहोदर भाइको हत्या गरेका छन् ।

पाखा पानीका ४२ वर्षीय विष्णु नामले चिनिने टेकबहादुर वादीले ३२ वर्षीय कान्छा भाइ ओमबहादुर वादीको बन्चरो प्रहार गरेर हत्या गरेको स्थानीयले जनाएका छन् ।

ओमबहादुरको बिहे भएको थिएन । बुवा आमा बितिसकेको र तीन दाजुभाइमध्ये जेठो दाइ अपाङ्ग रहेका छन् । माइलो रहेका टेकबहादुरले कान्छा भाइ ओमबहादुरको हत्या गरेका हुन् ।

टेकबहादुरका श्रीमती र छोराछोरी छन् । स्थानीयका अनुसार बिहीबार साढे ५ बजेतिर यो घटना भएको हो

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖