• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

एसइई नतिजाको प्रतीक्षामा थिइन्, बितिन् भीरबाट लडेर


  • धनकुटा खबर
  • .

रूकुम पश्चिममा भीरबाट लडेर एक जना किशोरीको मृत्यु भएको छ।

आठबिसकोट नगरपालिका- ९ घर भई आठबिसकोट- ७ ज्यामिरेकी १६ वर्षीया किशोरी बालिका खत्रीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टले जानकारी दिए।

उनका अनुसार बिहीबार बिहान सवा ८ बजेतिर खानेपानीको पाइप जोड्न गएकी थिइन‍्। सोही क्रममा चिप्लिएर भीरबाट लड्दा उनी झन्डै १५ मिटर मुनि खसेकी थिइन्।

‘भीरबाट लडेकी बालिकाको टाउकोमा गम्भीर चोट थियो,’ उनले भने, ‘उनलाई उपचारको लागि आठबिसकोट नगर अस्पताल राडीमा पुर्‍याइएको थियो।’

उपचारका क्रममा बिहान दश बजेतिर उनको मृत्यु भएको डिएसपी विष्टले बताए।

बालिकाले स्थानीय विद्यालयबाटै एसइई परीक्षा दिएकी थिइन‍्।
बालिका एसइई नतिजा प्रकाशन हुने समयको तीव्र प्रतिक्षामा थिइन‍्। बालिकाको अप्रत्यासित मृत्युका कारण गाउँ शोकमा डुबेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖