• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

सिन्धुपाल्चोकमा बस दुर्घटना,बस खस्यो इन्द्रावती नदी किनारमा


  • धनकुटा खबर
  • .

सिन्धुपाल्चोकमा बस दुर्घटना भएको छ।

शनिबार दिउँसो १ बजे मेलम्ची नगरपालिका-१० स्थित मेलम्ची-भोताङ सडक खण्डमा यात्रुवाहक बस सडकबाट इन्द्रावती नदी किनारमा खस्दा ८ जना घाइते भएका छन्।

भताङबाट मेलम्चीतर्फ आउँदै गरेको ना.प्र. ३०–००५ ख ९९७६ नम्बरको यात्रुबाहक बसको अगाडिको पट्टा भाँचिएपछि आफै अनियन्त्रित भई सडकबाट झन्डै ५० मिटर तल इन्द्रावती खोलाको बगरमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी माधवराज खरेलले जानकारी दिए।

दुर्घटनामा परी चालकसहित ८ जना घाइते भएका र यात्रुहरूलाई तत्काल उद्धार गरी मेलम्ची नगर अस्पतालमा उपचारका लागि लगिएको छ।

घाइते सबै व्यक्तिहरूको अवस्था हालसम्म बोल्न सक्ने र सामान्यदेखि मध्यम रहेको डिएसपी खरेलले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖