• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

नेपाली का’ण्ड’ भन्दै नेपाली महिलाका अश्लील भिडिओ बेच्ने युवक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । देश तथा विदेशमा रहेका नेपाली महिलालाई आर्थिक प्रलोभनमा पारेर अश्लील भिडिओ बनाउने र सामाजिक सञ्जालमार्फत बिक्री गर्ने गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ घर भई हाल काठमाडौँको टोखा बस्ने २९ वर्षीय रमेश थापालाई शुक्रबार पक्राउ गरेको हो ।

आरोपी थापाले टिकटक, टेलिग्रामजस्ता सामाजिक सञ्जाल प्रयोग गरी ‘नेपाली काण्ड’ नामका समूह बनाएर यस्तो धन्दा चलाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार थापाले टिकटक लाइभमा ‘क्वाइन’ (भर्चुअल मुद्रा) दिने बहानामा महिलालाई अश्लील क्रियाकलापमा संलग्न गराउने गरेका थिए । टिकटकमा बढी क्वाइन दिने प्रयोगकर्तालाई ती महिलाहरूसँग छुट्टै भर्चुअल माध्यममा जोडिदिने र त्यसबापत आफूले कमिसन लिने गरेको अनुसन्धानबाट खुलेको छ ।

“उनले महिला र ग्राहकबिच सेटिङ मिलाइदिने र आफूले बीचमा कमिसन खाने गरेको देखिन्छ,” अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, “यसरी बनाइएका भिडिओलाई विभिन्न टेलिग्राम समूहमा राखेर बिक्री समेत गर्ने गरेको पाइयो ।”

प्रहरीका अनुसार यो घटनामा महिलालाई करकापमा भन्दा पनि आर्थिक प्रलोभन देखाएर सहमतिमै यस्तो कार्यमा लगाइएको देखिन्छ । अनुसन्धान अधिकृतका अनुसार थापाले करिब ६-७ महिनादेखि यो धन्दा सञ्चालन गर्दै आएका थिए ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले थापालाई टोखाबाट पक्राउ गरेको हो । यो घटनामा कुनै पीडितको उजुरी नभई प्रहरीले आफ्नै अनुसन्धान र ‘रेन्डम टेस्ट’का आधारमा कारबाही अघि बढाएको जनाएको छ ।

पक्राउ परेका थापालाई जिल्ला अदालत, काठमाडौंबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको परिसरले जनाएको छ । आरोपी थापामाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १२१ (अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने) बमोजिमको कसुरमा अनुसन्धान अगाडि बढाइएको छ ।-टेकपाना

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖