• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नक्कली गहना सुन पसलमा धितो राखेर ११ लाख ऋण


  • धनकुटा खबर
  • .

काठमाडौं– ठगी गर्ने नयाँ र अचम्मको काइदा पर्दाफास हुँदा एक जना ४२ बर्षिया महिला प्रहरी फन्दामा परेकी छन्।

नक्कली सुनका गहना राखेर ११ लाख रुपैयाँ ऋण लिने महिलालाई प्रहरीले पक्राउ गरेको हो। रामेछापको लिखु तामाकोसी गाउँपालिका ६ की दिलमाया मगरले नक्कली सुनको सक्कली बिल बनाएर सुन पसलमा धितो राखी रकम ऋण लगेकी थिइन्।

भक्तपुरको राधे राधे बस्ने ४२ वर्षकी दिलमाया मगरले एक साताअघि यसरी ऋण लिइन् र फेरि थप गर्नका लागि अन्य गहना पनि लिएर जाँदा प्रहरीको फन्दामा परेकी हुन्।

असार १५ गते दिउँसो अझै ऋण आवश्यक परेको भन्दै थप गहना लिएर जाँदा उनलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान जारी राखेको छ। उनका अपराधका अन्य गतिविधिबारे पनि प्रहरीले खोजबिन गरेको छ।
उनलाई ठगी सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको छ।

उनको साथबाट प्रहरीले पहेँलो धातुबाट बनेका माइली तिलहरी १२ थान, छड्के तिलहरी १६ थान, विभिन्न सुनचाँदी पसलका बिलहरू १७ थान समेत बरामद गरेको छ।

अनुसन्धानका क्रममा प्रहरीको पोशाक लगाएर विभिन्न व्यापारी व्यावसायीलाई ठगी गरेको पनि खुलेकी उनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖