• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

असार १८ देखि २० गतेसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


  • धनकुटा खबर
  • .

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन भारी वर्षा हुने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले बुधबार एक सूचना जारी गर्दै यससम्बन्धी जानकारी गराएको हो ।

विभागको मौसम पूर्वानुमान महाशाखाले असार १८ देखि २० गतेसम्म विशेषगरी बाढी, पहिरो र डुबानको जोखिम रहेको जनाएको छ । वर्षाका कारण नदी, खोलानाला र पहाडी भेगमा बग्ने पानीको बहाव बढेर दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले जोखिमयुक्त स्थान, खोलानाला तथा तटीय क्षेत्रमा नजान अनुरोध गरिएकाे छ।

यस्तै यात्रा गर्दा मौसम सम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्न र अत्यावश्यक बाहेकका यात्रामा रोक लगाउन समेत आग्रह गरिएकाे छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖