• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नुवाकोटको बाढीमा फसेका २ जनाको हेलिकोप्टरबाट सकुशल उद्धार


  • धनकुटा खबर
  • .

काठमाडौँ । नुवाकोटको बाढीमा फसेका २ जनाको सकुशल उद्धार भएको छ । झन्डै ३ घण्टा पछि नेपाली सेनाको हेलिकप्टरले सकुशल उद्धार गरेको छ ।

आकस्मिक आएको बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा दुईजना फसेका थिए ।

बाढीमा फसेकाहरू सिसौको रुखको आड लिएर बसिरहेको अवस्थामा हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

हाल त्रिशूली नदीले सतर्कता तह पार गरेको छ । असार २४ गते बिहान ६:३० बजे नुवाकोटस्थित बेत्रावती जलमापन केन्द्रमा त्रिशूली नदी जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖