• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पुल भाँचिएर गाडी सहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । भारतको गुजरातमा बुधबार बिहान पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु भएको छ ।

गुजरातको वडोदरा जिल्लाको महिसागर नदीमा बनेको एउटा पुरानो पुल अचानक भाँचिएको हो । चलनचल्तीमा रहेको सो पुलको एउटा खण्ड भाँचिँदा केही सवारी साधन नदीमा खसेका थिए ।

वडोदराका जिल्ला अधिकारी अनिल धामेलियाका अनुसार उद्धारकर्ताले नदीबाट ९ जनाको शव फेला पारेका छन् । अन्य ६ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

धामेलियाका अनुसार पुल भाँचिएपछि दुई वटा ट्रक, एउटा पिकअप भ्यान, एउटा इको कार र एउटा अटोरिक्सा नदीमा खसेका थिए ।

गुजरात सरकारका प्रवक्ता ऋषिकेश पटेलका अनुसार राज्य सरकारले उक्त घटनाको जाँच गर्न आदेश दिएको छ । उक्त पुल चार दशकभन्दा पुरानो रहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖