• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बस दुर्घटना अपडेट : २९ जना घाइते, ३ जनाको अवस्था गम्भीर(नामावलीसहित)


  • धनकुटा खबर
  • .

काठमाडौँबाट दाङ जाँदै गरेको बस आज बिहान कपिलवस्तुमा दुर्घटनामा परेको छ। दुर्घटनामा २९ जना घाइते भएका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीले दिएको जानकारी अनुसार लु.प्र ०२००१ ख ००४५ नम्बरको बस आइतबार बिहान ३ बजेर ५५ मिनेट जाँदा दुर्घटनामा परेको हो।

घाइतेमध्ये तीन जनको अवस्था गम्भीर रहेको डीएसपी अधिकारीले जानकारी दिए। उनीहरूसहित छ जना घाइतेलाई थप उपचारको लागि बुटवल लगिएको छ। दुर्घटनाको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट गएको २५ जनाको प्रहरी टोलीले घाइतेको उद्धार गरेको हो।

सडककाे दायँतर्फ बस पल्टिएपछि बाटो पनि अवरुद्ध भएको छ। अहिले बस पल्टिएको ठाउँमा एकतर्फी मात्रै यातायात सञ्चालनमा छन्। बसलाई घटनास्थलबाट हटाउनको लागि गोरुसिंगेबाट क्रेन पठाइएको डीएसपी अधिकारीले बताए। संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा कपिलवस्तुमा अहिले २६ जनाको उपचार भइरहेको छ।

यी हुन् दुर्घटनाका घाइते

१. सल्यान बागचौर न.पा.१० बस्ने बर्ष ७७ कि देबी बुढाथोकी टाउको र शरिरको बिभिन्न भागमा चोट अवस्था सिरियस, ऐ.०५:१५ बजे बुटवल रिफर।
२. सल्यान सारदा न.पा.१२ बस्ने बर्ष ५६ को मोहनलाल बुढाथोकी टाउकोमा चोट अवस्था सिरियस। ऐ.०५:१५ बजे बुटवल रिफर।
३. दाङ तुलसीपुर उ.म.न.पा.११ बस्ने बर्ष ३५ को श्रीधर अधिकारी बाँया हातमा चोट अवस्था सिरियस । ऐ.०५:१५ बजे बुटवल रिफर।

संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेका घाइतेहरू
४.रुकुम पश्चिम आठबिसकोट न.पा.८ ज्यामिरे बस्ने बर्ष २८ को मोतिलाल एरी टाउको र हातमा चोट अवस्था मध्यम ।

५. सोलुखुम्बु सोताङ गा.पा.३ बस्ने बर्ष २१ को कोसिस गौतम टाउको र हातमा चोट अवस्था मध्यम।
६.सल्यान चिद्द कुमाउ गा.पा.२ बस्ने बर्ष १९ को अनिता चलाउने टाउको र हातमा चोट अवस्था मध्यम।
७.दाङ घोराही उ.म.न.पा.१८ बस्ने बर्ष ५२ कि सचिला नेपाली टाउको र हातमा चोट अवस्था मध्यम।
८.अर्घाखाँची सितगंगा न.पा.८ बस्ने बर्ष ६० कि टुक कुमारी श्रेष्ठ टाउको र हातमा चोट अवस्था मध्यम।
९.सल्यान बागचोर न.पा.१० बस्ने बर्ष २५ को चित्र प्रसाद धिताल टाउको र हातमा चोट अवस्था मध्यम।

१.रोल्पा परिवर्तन गा.पा.३ बर्ष बर्ष ३१ को ओम प्रकाश खड्का टाउको र हातमा चोट अवस्था मध्यम।
११.दाङ राप्ती गा.पा.४ बस्ने बर्ष २८ कि रुपा चौधरी टाउको र हातमा चोट अवस्था मध्यम।
१२.रोल्पा गंगादेव गा.पा.३ बस्ने बर्ष ३९ को हेमराज वली टाउको र हातमा चोट अवस्था मध्यम।
१३.पर्वत मादी गा.पा.३ बर्ष ३९ को खड्क ब.पुन टाउको र हातमा चोट अवस्था मध्यम।
१४.सल्यान छत्रेश्वरी गा.पा.१ बस्ने बर्ष ४३ को भिम ब.बि.क. टाउको र हातमा चोट अवस्था मध्यम।

१५.सल्यान बागचौर न.पा.४ बस्ने बर्ष ४० को ईन्द्र ब.बि.क. टाउको र हातमा चोट अवस्था मध्यम।
१६.दाङ तुलसीपुर उ.म.न.पा.११ बस्ने बर्ष २१ ललित शर्मा टाउको र हातमा चोट अवस्था मध्यम।
१७.रोल्पा गंगादेव गा.पा.३ बस्ने बर्ष ३१ सन्दिप वली टाउको र हातमा चोट अवस्था मध्यम,ऐ.०६:१० बुटवल रिफर।
१८.डढेलधुरा आलीताल गा.पा.४ बस्ने बर्ष २२ को बिशाल बोहोरा टाउको र हातमा चोट अवस्था मध्यम।
१९.दाङ दंगिशरण गा.पा.२ बस्ने बर्ष २४ कि शर्मिला नेपाली टाउको र हातमा चोट अवस्था मध्यम।

२०.सल्यान छत्रेश्वरी गा.पा.३ बस्ने बर्ष ४२ कि रस्मी बोहोरा टाउको र हातमा चोट अवस्था मध्यम।
२१.दाङ घोराही उ.म.न.पा.११ बस्ने बर्ष ३९ को बेद बहादुर वली टाउको र हातमा चोट अवस्था मध्यम।
२२.दाङ घोराही उ.म.न.पा.१ बस्ने बर्ष ३० महेन्द्र दराई हात खुट्टामा चोट अवस्था सामान्य।
२३.दाङ तुलसीपुर उ.म.न.पा.१२ बस्ने बर्ष ४० को धनराज गौतम खुट्टामा चोट अवस्था सामान्य।
२४.ऐ.ऐ.बस्ने बर्ष १५ को आधार गौतम दाया हात फ्याक्चर अवस्था मध्यम । ऐ.०६:१० बुटवल रिफर।

२५.दाङ घोराही उ.म.न.पा.११ बस्ने बर्ष ३५ कि सिता बस्नेत ढाड र खुट्टामा चोट अवस्था मध्यम।
२६.सल्यान बागचौर न.पा.१० बस्ने बर्ष ३७ कि निशा के.सी.हातमा चोट सामान्य।
२७. ऐ.बस्ने बर्ष २२ को सन्तोष शर्मा हात खुट्टामा चोट सामान्य।
२८.दाङ बबई गा.पा.६ बस्ने बर्ष ३३ को रमेश सुनार सामान्य।
२९.दाङ तुल्सीपुर उ.म.न.पा.११ बस्ने बर्ष ३७ को लेखराज पाण्डे सामान्य।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖