• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

झापामा गुन्डागर्दी शैलीमा इन्स्पेक्टर राईले रास्वपाको हस्ताक्षर अभियानको माइक फुटाएपछी…


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टीले दमकको आफ्नो कार्यक्रममा गुन्डागर्दी गर्ने प्रहरी निरीक्षक नवीन राईमाथि कारबाहीको माग गरेको छ । कार्यवाहक जिल्ला सभापति प्रकाश पाठकले हिजो एक प्रेस विज्ञप्ति जारी गरी सत्ताको मादमा लोकतान्त्रिक दलमाथि गरिने यस्ता दादागिरी प्रवृत्तिको घोर भर्त्सना गर्दै यस्ता कार्यमा संलग्न व्यक्ति र प्रहरी अधिकृत राईमाथि कारबाहीको माग गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा कुनै पनि विरोधका कार्यक्रम नगरी दमक –४ स्थित क्याम्पस मोड अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी दमक नगर समितिको आयोजनामा नगर सभापति तीर्थप्रसाद लामिछानेको नेतृत्वमा करिब १० जनाको उपस्थितिमा पार्टी सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको विरुद्ध जनताको हस्ताक्षर संकलन गरिरहेका बेला इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक राईले आएर माइक खोसेर तोडफोड गरेका हुन् । उनले दादागिरी र गुन्डागर्दी शैलीको माइक फुटाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । जसको धेरैले आलोचना गरेका छन् ।

स्थानीय प्रहरीलाई जानकारी गराएरै दमक नगरमा सञ्चालन भइरहेको हस्ताक्षर अभियानमा प्रहरीले गरेको दमनपूर्ण हस्तक्षेपले लोकतन्त्रको धज्जी उडाएको भन्दै कायवाहक सभापति पाठकले चालु रहेको माइक खोसेर भाँचिदिनु सरकारमा रहेका मानिसले सरकारी संयन्त्रको प्रयोगबाट गरिएको दादागिरी र हस्ताक्षर अभियानबाट डराएको बाहेक अरू के हुनसक्छ ? भन्दै प्रश्न गरेका छन् । उनले उल्लेख गरेका छन् , ‘प्रधानमन्त्रीले आफूलाई एउटा दलको मात्र ठान्ने, आफू हिँडेको बाटोमा अरू नहिँडुन्, आफू उभिएको भूमिमा अरूले गतिविधि नगरुन् भन्ने तानासाही चरित्र आफैँले सङ्घर्ष गरेर हासिल गरेको भनिएको लोकतन्त्रको विरुद्ध मात्र छैन, सुरक्षा सबैका लागि हो भन्ने समान कानुनी अधिकारको खिल्ली उडाएको छ। यसरी सत्ता र शक्तिको उन्मादमा लोकतान्त्रिक अभिव्यक्ति स्वतन्त्रता विरुद्ध जो कोहीबाट हुने यी र यस्ता गतिविधि कदापि सह्य हुने छैन ।’

यसअघि पनि प्रहरी निरीक्षक राईले दादागिरी देखाउँदै आएको आरोप छ । गत माघमा दमक –६ स्थित आकाशे पुलनजिक सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन (मिराक) को नेतृत्वमा बन्दकर्ताहरुले शान्तिपूर्ण आन्दोलन गरिरहँदा राईको उक्साहटमा उनीहरू आन्दोलित भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖