• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

विदेशबाट फर्केर पूर्व श्रीमानद्वारा चक्कु प्रहार गरी रुक्मनी बरालको हत्या


  • धनकुटा खबर
  • .

प्युठान, सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मनी बरालको आफ्नै पूर्व श्रीमान लिलबहादुर बरालले चक्कु प्रहार गरी हत्या गरेका छन्।

ऐरावती गाउँपालिका–२ कात्तिके निवासी ३० वर्षीय लिलबहादुरलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी दीपेश बस्यालले जानकारी दिए।

इजरायलबाट असार २४ गते फर्किएका लिलबहादुरले पूर्व पत्नी रुक्मनीमाथि आक्रमण गरेका हुन्। रुक्मनीले वैशाखमा दिपक परियारसँग पुनः विवाह गरेकी थिइन्।

अहिले ती दम्पतीका एक छोरा र एक छोरी अभिभावकविहीन बनेका छन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖