कोहलपुर–११ स्थित ‘जनगर्जन नेटवर्क प्रालि’ मिडिया हाउसमा प्रहरीले नक्कली नोट छाप्ने कारखाना फेला पारेको छ।
सञ्चालक मनबहादुर सहकारी (३४), अनलाइन टिभी पत्रकार संघ लुम्बिनीका सहसचिव समेत रहेकाले संघले उनलाई निष्कासन गरेको छ।
प्रहरीले कार्यालयबाट ५१ हजार नक्कली नोट, १९.३ किलो अफिम, क्यानोन प्रिन्टर, कम्प्युटर, कार्ड रिडर, क्यामेरा लगायत उपकरण बरामद गरेको छ। पक्राउ पर्ने अन्य चार जना दिलमाया सिंह (२२), रामबहादुर सिंह (३३), कृष्णबहादुर वली (३५) र प्रेमबहादुर विक (३८) सबै जाजरकोटका हुन्।
