• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकामा डाक्टर पढ्दै गरेका रोजिनको कार दुर्घटनामा परी मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ – अमेरिकामा हालै भएको कार दुर्घटनामा ज्यान गुमाएका दुई नेपाली विद्यार्थीमध्ये एक जना दाङको रहेको खुलेको छ। मृतकमध्ये २० वर्षीय रोजिन ओली तुलसीपुर उपमहानगरपालिका – ४ रक्षाचौरका रहेको उनका परिवारले पुष्टि गरेको छ।

पढ्न गएका रोजिनको कार दुर्घटनामा परी मृत्यु भएको खबरले परिवार र सिंगो रक्षाचौर गाउँ नै शोकमा डुबेको छ। रोजिनका फुपाजु सुदीप खड्काका अनुसार उनी एक वर्षअघि मात्रै उनी अध्यनका लागि अमेरिका पुगेका थिए। उनी डाक्टर पढ्दै थिए। रोजिनका बुवा नोखिराम रेडियोमा प्राविधिक थिए। उनका दुई छोरा मध्ये जेठा छोरा क्यानडामा छन्। भाइको मृत्युको खबरपछि उनी पनि नेपाल फर्किँदै छन्।

खड्काका अनुसार रोजिनको मृत्युपछि उनी अध्यनरत युर्निभसिटीले नोखिराम र उनकी पत्निलाई अन्तिम संस्कारका लागि अमेरिका आउन पत्राचार गरिसकेको छ। दुर्घटनापछि कारमा आगजनी भएका कारण शव जलेर शरीरको आंशिक भाग मात्रै बाँकी रहेको भनेर खबर परिवारले पाएका छन्। उनको अमेरिकामै अन्तेष्टि गर्ने गरि सल्लाह भइ रहेको र बुवा आमालाई उतै पठाउने प्रक्रिया सुरु गरिएको खड्काले बताए।

आइतबार राति ९ बजेतिर अमेरिकाको लुइसियानामा कार दुर्घटना हुँदा नेपालकै अर्का विद्यार्थी २२ वर्षीय राजन यादवको पनि मृत्यु भएको थियो। उनीहरू दुवै जना लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत थिए। यादव र ओलीको घटनास्थलमै मृत्यु भएको थियो। अमेरिकाको प्रहरीका अनुसार कार राजनले हाँकेका थिए।

भारी वर्षाकाबीच यादवले तीव्र गतिमा हाँकेको कार सडकको दायाँपट्टि रूखमा ठोक्किएको र त्यसपछि आगो लागेको अमेरिकन प्रहरीले जनाएको छ।दुर्घटनामा परी अरू दुई जना घाइते भएका थिए। घाइतेको परिचय भने प्रहरीले खुलाएको छैन। घटनापछि उनीहरु अध्यनरत युनिभर्सिटीले शोक वक्तव्य जारी गरी दुःख व्यक्त गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖