• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सहकारीको ऋण तिर्छु भनेर घरमा कर्मचारी बोलाएर जुत्ताको माला लाए, पक्राउ पूर्जी जारी


  • धनकुटा खबर
  • .

मोरङ– सहकारीको ऋण तिर्छु भनी कर्मचारीलाई बोलाएर जुत्ताको माला लगाएर भिडिओ समेत बनाउनेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

ऋणको भाखा नाघेपछि घरमा बोलाएर मोरङको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा कार्यरत दुई कर्मचारीलाई जुत्ताको माला लगाउने विरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

मोरङको मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछानेमाथि गालीगलौज, हातपात र जुत्ताको माला लगाउने मिक्लाजुङ गाउँपालिका–२ निवासी ४२ वर्षीय दुर्गामाया लिम्बु र ३३ वर्षीय माया मगरविरुद्ध पक्राउ पुर्जी जारी भएको मोरङ प्रहरीले जनाएको छ।

मगरले जुत्ताको माला लगाएकी थिइन् भने दुर्गामायाले भने भिडिओ खिचेकी थिइन्। अभद्र व्यवहारमा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ।
सहकारीले उक्त कार्यको बिरोध गरी विज्ञप्ति जारी गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖