• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

भोलि सार्बजनिक बिदा


  • धनकुटा खबर
  • .

मुगु । मुगुको छाँयानाथ रारा नगरपालिकाले बिहीबार स्थानिय सार्वजनिक बिदा दिने भएको छ। आज एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले साउन १ गते सार्वजनिक बिदा दिने निर्यण गरेको हो ।

छाँयानाथ रारा नगरपालिकाको सत्रौँ नगर सभाको निर्णय तथा स्थानिय सरकार सनचालन ऐन २०७४ मा भएको व्यावस्था बमोजिम साउने सक्रन्ति पर्वको अवसरमा स्थानिय बिदा गरीएको छाँयानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकृय अधिकृत सूर्य प्रसाद गौतमले विज्ञप्ति जारी गरी जानकारी गराएका छन्।

शास्त्रानुसार साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भन्ने गरिन्छ। साउन १ गतेको दिन देखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्ध तर्फ लाग्दछ। त्यस कारण साउन १ गते बाट छोटा दिन र रात लामो हुँदै जान्छ।

धार्मिक ग्रन्थ अनुसार समुद्र मन्थन गर्दा निस्किएको कालकूट विष भगवान शिवले ग्रहण गरी मानवहितका लागि काम गरेकोले महिलाहरुले सौभाग्य पाएको विश्वास अनुसार साउन महिनाको सोमबारका दिन शिवजीको पूजा गर्ने प्रचलन छ।

विवाहीत महिलाले १ गते देखि साउन महिना भर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिना भर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्ने चलन छ। महिलाहरुले हरियो, पहेंलो, रातो चुरा तथा मेहेन्दी लगाएर साउन महिनालाई पर्वकै रुपमा मनाउँछन्।

यसका साथै असारमा धान कोदो रोपे पछि शरीर फोहर हुने र लुतो, घाऊ खटिरा आउन सक्छ भनेर सरसफाइ गर्ने र खिर,दही लगाएत मिठा मिठा खानेकुरा खाने दिनका रुपमा पनि साउने संक्रान्ति मनाइन्छ। यसै गरी साउन १ गते लुतो फाल्ने गरिन्छ। ग्रामिण क्षेत्रमा यो परम्परा अहिले पनि जिवितै छ।

साँझमा कुकुर डाईनो, काग, भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनि आदि औषधीजन्य वनस्पतिहरू जलाएर घर–घरका आंगन बाट चारै दिशामा फ्यांकिन्छ, यसैलाई नै लुतो फ्याकेको भन्ने चलन छ। लुतो फ्याक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्टी बजाउने, ढिकि कुट्ने तथा केहि समय घरको ढोका बन्द गर्ने प्रचलन समेत रहिआएको छ। घर र आगनको छतमा दिवाले (आगो) बालेर ताप्ने तथा आफ्ना घर आँगन बाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖