• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

गर्भवती श्रीमतीका लागि सामान लिन जाँदै थिए, तुइन चुँडिएर महाकालीमा अस्ताए ४५ बर्षिय नारायण


  • धनकुटा खबर
  • .

दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङ, बिहानको समय, घरको आँगनमा हतारिएको पाइला र चिन्तित अनुहार। श्रीमती जानकीको पेटमा नौ महिनाको शिशु हुर्किँदै थियो, अनि दिनदिनै सुत्केरी हुने समय नजिकिँदै।

नारायण बुढाथोकी बिहान सबेरै खलंगा जाने तयारी गर्दै थिए। गाउँका दुई जना – २६ वर्षीय जितु विष्ट र ४५ वर्षीय आफन्त जयदु बुढाथोकी पनि साथमा थिए। जानकीले नरम स्वरमा सोधिन्, “कहिले फर्किन्छौ”नारायणले मुस्कुराउँदै भने, “छिट्टै, लत्ताकपडा र सुत्केरी सामान किनेर आइहाल्छु।”

तर, त्यो ‘छिट्टै’ शब्द नै अन्तिम संवाद बन्यो।खलंगा पुग्ने बाटो त्यति सजिलो थिएन। नेपालतर्फको बाटो कठिन छ, हिँड्नै नसक्ने। महाकाली पारी भारततर्फ भने सडक थियो, जहाँ गाडी गुड्थे। त्यसैले उनीहरू महाकाली पार गर्दै भारतको बाटो भएर खलंगा जान लागे।तर, महाकाली नदी‘ न त त्यहाँ झोलुङ्गे पुल, न सुरक्षित बाटो।

मात्र तुइन – एउटै सहारा।त्यो पनि स्थायी नभएको, कहिले ट्रली हटाइने, कहिले चेतावनी दिइने।तीन दिनअघि मात्रै भारतीय एसएसबीले ट्रली हटाएका थिए।जितु पहिले तुइन चढे। डोरी च्यातिँजस्तै भयो, तर उनी ज्यान जोगाउँदै पारि पुगे। भारततर्फ उभिएर उनले हातको इशाराले चिच्याउँदै नारायणलाई रोक्ने प्रयास गरे, “नआउनुस्”
तर, नारायणले त्यो चेतावनी देखेनन्, नबुझे।सस्तो कपडाको झोला काँधमा टाँगेर, आँखामा घर फर्किने आशा बोकेर उनले पनि तुइन समाते।तर त्यो आशा महाकालीको उर्लंदो भेलमा बग्न धेरै बेर लागेन।नदीको बीचमा पुगेका नारायणलाई बोकेको तुइनको भारततर्फको खम्बा अचानक चुँडियो।एकैछिनमै उनी नदीमा हराए।चारैतिर हल्ला भयो – “नारायणलाई महाकालीले लग्यो” ।

उनकी श्रीमती उनी फर्किने आशामा अझै पर्खिरहेकी छिन् —
तर महाकालीले लिएको त्यो पाइलालाई अब फर्काउने कोसिस निरर्थक बनिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖