• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बढ्यो सुनको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ को पहिलो दिन सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आर्थिक वर्ष २०८१/०८२ को अन्तिम दिन अर्थात साउन ३२ गतेको तुलनामा सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य रु ५ रुपैयाँ बढेर कारोबार भएको हो ।

जसअनुसार बिहीबार छापावाल सुनको मूल्य १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार सोही सुनको मूल्य तोलामा १ लाख ९२ हजार रुपैयाँ थियो ।

यसैगरी चाँदीको मूल्य बुधबार २ हजार २६० रुपैयाँ कायम भएकोमा बिहीबार बढेर तोलामा २ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आजैदेखि २ प्रतिशत विलासिता कर पनि लागू भएको छ । तर, उक्त करको व्यवसायीले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖