• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रामेछापमा युवतीमाथि खुकुरी प्रहार


  • धनकुटा खबर
  • .

काठमाडौँ । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर–६ स्थित गुप्तेश्वरमा युवतीमाथि खुकुरी प्रहार भएको छ ।

खुकुरी प्रहारबाट २७ वर्षीया एसिला सुनुवार घाइते भएकी छन् । बिहीबार उनलाई ३२ वर्षीय रजिन सुनुवारले खुकुरी प्रहार गरेका हुन् ।

एलिसाको बायाँ हात पछाडिको पातामा चोट लागेको छ । उनलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

खुकुरी प्रहारमा संलग्न रजिन सुनुवारलाई पक्राउ गरिएको रामेछापका डीएसपी भोला भट्टले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖