• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आफ्नै गाडी ब्याक भएर च्यापिँदा युवकको मृत्यु


  • धनकुटा खबर
  • .

रूपन्देही । दाङको लमहीमा आफ्नै गाडी ब्याक भएर च्यापिँदा एक युवाको मृत्यु भएको छ । लमही नगरपालिका–५ सुनखोली निवासी २१ वर्षीय राजेश कुमार बानियाँको आइतबार बिहान गाडीको चपेटामा परेर मृत्यु भएको हो ।

बानियाँलाई आफ्नै घरअगाडि रोकेर राखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरो गाडीले किचेको प्रहरीले जनाएको छ । बिहान गाडीको टायरमा राखिएको ओट (काठ वा ढुंगा) हटाउने क्रममा गाडी ब्याक हुँदै आफैं गुड्न थालेको थियो । सोही क्रममा बानियाँ गाडीको चपेटामा परेका थिए ।

गाडीले किच्दा गम्भीर घाइते भएका उनलाई तत्काल लमही अस्पताल पुर्‍याइएको थियो। तर, उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। हाल मृतकको शव लमही अस्पतालमा राखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖