• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

फुटसल खेलेपछि अचेत भएका युवकको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको जडीबुटीमा फुटसल खेलेर थाकेपछि रेस्ट गर्दा अचेत भएका एक जना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोलखाको बिगु गाउँपालिका वडा नम्बर–४ घर भएर काँडाघारी बस्ने २३ वर्षीय खिमराज वली छन् ।

शनिबार जडीबुटीस्थित नेपाल फर्निचर नजिकै नवीन खड्काले सञ्चालन गरेको फुटसलमा गेम खेलेर आराम गर्ने क्रममा उनी अचेत भएका थिए ।

उपचारको क्रममा उनको सिभिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । अचानक बेहोस भएपछि उनका भाइ प्रदीप वलीले खिमराजलाई अस्पताल लगेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖