• Tuesday 27th of October 2026

आफ्नो शालिकलाई कसैले नदेख्ने ठाउँमा लगेर गाडिदिन धरानको स्थानिय सरकारलाई किरातीको आग्रह


  • धनकुटा खबर
  • .

पूर्वमन्त्री सुदन किराँतीले धरानमा बनाइएको आफ्नो शालिकप्रति आभार व्यक्त गर्दै आफूलाई शालिक बनाउने चाहना कहिल्यै नभएको स्पष्ट पारेका छन्।

उनले मान्छेको शालिक बनाउने र पूजाको संस्कृतिको आफू विरोधी भएको जनाउँदै उक्त शालिकलाई कसैले नदेख्ने ठाउँमा लगेर गाडिदिन धरानको स्थानिय सरकारलाई आग्रह गरेका छन्।

साथै, सामाजिक सञ्जालमा सभ्य र स्तरीय टिप्पणी गर्न आग्रह गर्दै किराँतीले शब्दहरूको प्रयोगमा विवेक अपनाउन सुझाव दिएका छन्।

यो भन्दा पहिले प्रमिश राईले लेखेको एउटा पोस्ट धरानका मेयर हर्क साम्पाङले Share गरेका छन् ।

जुन यस्तो छ – “सुदन किराँतीज्यूको धरान ४ मा ढुङे कला पार्कमा मुर्ती राखिएको रहेछ उहाँको योगदान के ? पोइसा खर्च गरेर मिल्छ भने मेरो पनि मुर्ती राख्दिनु होला!”

किरातीले लेखेका छन् –

धरानमा मेरो शालिक बनाईदिनुहुने सबैलाई हृदय भित्रबाटै उच्च सम्मान गर्दछु ।
सबैमा स्मरण रहोस्, मलाई मेरो शालिक बनाउने चाहना अहिले पनि छैन र पछि पनि हुने छैन । साँच्चै भन्नुपर्दा मान्छेको शालिक बनाउने र शालिकलाई पूजा गर्ने संस्कृतिको सिद्धान्तत म विरोधी हुँ । फेरि मैले शालिक बनाउनु पर्ने किसिमको देशलाई योगदानपनि के नै पो गरेको छु र ? त्यसैले त्यो बनिएको शालिक कसैले नदेख्ने ठाउँमा र कसैले कहिल्यै नभेट्ने गरी लगेर गाडिदिनु हुन स्थानीय सरकार धरानसँग माग गर्दछु ।

नोट:-कुनैपनि विषयमाथि प्रतिकृया हेर्दा महसुस भयो कि, शब्दहरुले आफै आत्महत्या गरिरहेको छ ।

सामाजिक सन्जालमा विचार व्यक्त गर्दा स्वभाविक रुपमा दुनियाँ सामु आफ्नो योग्यताको पनि मापन भईरहेको हुन्छ । त्यसैले सभ्य र स्तरीय टिप्पणी गर्दा हामी सबैका लागि स्वस्थ्यकर हुन्छ होला भन्ने टिप्पणीकर्ताहरुप्रति पनि विनम्रताको साथ सुझाव गर्दछु ।

धन्यवाद !

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖