• Tuesday 27th of October 2026

विद्यालाई निषेधप्रति एमाले काठमाडौं अध्यक्षको टिप्पणी- मदन भण्डारीलाई बोल्न नदिएको, ओलीलाई बोलाउन रोकेको इतिहास साक्षी छ


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेसँगै उनलाई समर्थन गर्ने नेता कार्यकर्ताले आक्रोश व्यक्त गर्न थालेका छन् ।

मंगलबार राती एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टी सदस्यता नदिने निर्णय गर्दै पार्टी राजनीतिको बाटो बन्द गरेसँगै सोही पार्टीका काठमाडौँ अध्यक्ष दीपक निरौलाले इतिहास सम्झाएका छन् ।

सामाजिक सञ्जालमा उनले भनेका छन्–‘ इतिहास साक्षी छ पाँचौँ महाधिवेशनमा पार्टी महासचिव मदन भण्डारीलाई बोल्न नदिएको ।

यसै गरी बहुदलीय जनवादको विषय सुरु गर्दा सुरुमा साथ दिने पनि न्यून नै थिए । यसै गरी केपी ओलीले उपत्यका छाडेपछि बैठक बस्ने विगत पनि भेगकै हो। केपी ओलीलाई मातहतमा नबोलाउन निर्देशन गरेर आन्दोलन रोकिएन । यसैको पृष्ठभूमिमा अघि बढेको एमाले हो ।’-नेपाल प्रेस

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖