• Tuesday 27th of October 2026

वामदेवको घुर्की : पार्टीले काम नदिए एकीकृत समाजाजदीमा पनि लामो समयसम्म नबस्ने


  • धनकुटा खबर
  • .

काठमाडौं, ७ साउन । नेकपा (एकीकृत समाजावदी) का वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले पार्टीले काम नदिए लामो समयसम्म एकीकृत समाजवादीमा पनि नबस्ने घोषणा गरेका छन् ।

आज (बुधबार) कीर्तिपुरमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवस समारोहलाई सम्बोधन गर्दै उनले आफू काम गर्नको लागि एकीकृत समाजवादीमा सक्रिय भएको भन्दै पदकोलागि नभएको जिकिर गरे । तर, काम गर्ने अवसर नदिए लामो समयसम्म पार्टीमा नबस्ने गौतमको भनाई छ ।

उनले भने,‘मलाई के पद दिने भन्ने विषय उठेको छ। मलाई चाहिन्न पद। मैले त्यो पहिला पनि भेनको छु। मलाई काम दिनुस्। काम दिनको निम्ति तपाईंहरूले कुन पद सिर्जना गर्नुपर्छरु कामसहितको सिर्जना गरिदिनुस्, कामबिनाको पद चाहिँदैन। कुनै पनि हालतमा चाहिँदैन। म बस्दा पनि बस्दिनँ। यदि तपाईंले पद दिनुहुन्छ तर काम दिनुहुन्न भने म धेरै लामो समय तपाईंहरूसँग बस्न सक्दिनँ।

मलाई काम गर्ने क्षेत्र चाहियो। एउटा जिल्ला कि दुईवटा जिल्ला कि आधा जिल्ला। कि एउटा पालिका कि क्षेत्र, जहाँ जनवर्गीय संगठन, सामाजिक संगठन, विभाग यी संरचना छन्। जो संरचनाभित्र रहेर त्यसको जिम्मेवार भएर काम गर्नुपर्ने हुन्छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖