• Tuesday 27th of October 2026

उषाकिरणको गुनासोः एमालेलाई नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पुर्याउने रहेछन्


  • धनकुटा खबर
  • .

काठमाडौं, ७ साउन । मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले नेकपा (एमाले) लाई नैतिक समर्थन गर्न पनि नसकिने तहसम्म पुर्याइएको बताएकी छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्र्दै उनले पुष्पलालका परिवारको एमालेप्रति देखिनेगरी नैतिक समर्थन नरहेको जस्तै आफूहरुलाई पनि त्यही तहमा पुर्याउने काम भएको बताएकी हुन् ।

सक्रिय राजनीतिमा फर्किने उद्घोष गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले रोक लगाउने गरी गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले सो अभिव्यक्ति दिएकी हुन् । एमाले सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा विद्या भण्डारी राजनीतिमा फर्किएको बारेमा व्यापक चर्चा भएको थियो ।

‘तपाईंहरू मध्य कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परें। तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहीं अच्चमित छैन। म खुसी छु कि यो खुला रूपमा बाहिर आयो।

अनि, आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग११ मलाई उहिले उहिले लाग्थ्यो किन उहाँको परिवार नेकपा (एमाले) मा नैतिक समर्थन गर्न पनि देखिने गरि प्रस्तुत हुंदैन,’ उनले भनेकी छन्, ‘हामीलाई त आमाले राजनिती गर्न मनछैन भनेपनि सधैं देखिने गरि पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्नुहुन्छ र सोही अनुरुप कोशिश गरियो। तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउनेरहेछन्। र नैतिक समर्थन खोज्दैनन् पनि। यो ज्ञानको बोझ आज यहां बिसाउने मौका यो प्रकरणले दियो त्यस कारण यो प्रकरणलाई धन्यवाद ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖