• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सुर्खेतका दुई किशोरी भक्तपुरमा मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । भक्तपुरमा दुई दिदीबहिनी मृत फेला परेका छन् । एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई जना किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

मध्यपुर थिमि नगरपालिका-८ बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएकी १७ वर्षीया मेनुका र उनकी बहिनी १५ वर्षीया श्रृजना कँडेल मृत फेला परेको प्रहरीले जनाएको छ ।

कँडेल दिदीबहिनी चक्रधर प्रजापतिको दुई तले घरको भुईं तलामा बस्थे । उनीहरू बिहान पौने ७ बजे कोठाकै प्यासेजमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप केही खुलेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖