• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

फेसबुकमा भावुक स्टाटस लेख्दै दे’ह’त्याग गरेका घिमिरेको प्रेमिका पक्राउ


  • धनकुटा खबर
  • .

फेसबुकमा भावुक स्टाटस लेख्दै केही दिनअघि दे’ह’त्याग गरेका रिनेश घिमिरेको प्रेमिकालाई प्रहरीले पक्राउ गरेको छ। दुरुत्साहनको आरोपमा दोलखा स्थायी घर भई काठमाडौं नयाँबजारमा बस्ने २५ वर्षीया युवतीलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको हो।

रिनेशले तीन तस्बिरसहित लेखेका थिए: “बाउआमाको बुढेसकालको सहारालाई आज घाँ’टीमा पा’सो लगाउन बा’ध्य बनाउने तिमीलाई उज्ज्वल भविष्यको शुभकामना अनि धेरै धेरै माया।”

प्रेमिकाले दिएको बयान अनुसार, दे’ह’त्यागको अघिल्लो रात उनीहरू सँगै थिए। राति ९–१० बजेसम्म कोठामा बसेर कु’टपि’ट भएको उनले बताएकी छन्।

उनको भनाइ: “मलाई पि’टेर जानुभयो, भोलिपल्ट एक्सक्युज गर्नुहोला भनेको केही गर्नुभएन, उल्टै यस्तो गर्नुभयो।”
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖