• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

दिदीबहिनीको मृत्यु प्रकरणमा ‘दिदी-भिनाजु’माथि अनुसन्धान


  • धनकुटा खबर
  • .

भक्तपुर । मध्यपुर थिमि नगरपालिका-९ सिन्टीटारमा अवस्थित कालिदेवी टेलर्सका सञ्चालक पवन परियारले करिब दुई हप्ता अगाडि एक जना केटा र दुई बहिनीसहित अर्को एक जना केटी काम माग्न टेलर्समा आएको बताए।

उनीहरू केटालाई भिनाजु भनेर सम्बोधन गरेका थिए। ‘दिदी भिनाजुको एउटामात्र कोठा छ। बस्न अप्ठ्यारो हुन्छ। कोठा खोजी दिनु भनेर पनि भनेका थिए,’ सञ्चालक परियारले भने, ‘तर, कोठा उनीहरू आफैंले खोजे। हामीले उनीहरूले ग्यास चुलोसमेत जडान गरेर दिएका थियौं।’
कहाँबाट आएको भनेर सोध्दा सुर्खेतबाट नै आएका भनेको उनले बताए।

घट्ना हुनु दुई तीनदेखि नै काममा नआएको उनी बताउँछन्। ‘उनीहरू काम गर्नभन्दा पनि काम सिक्न भनी आएका थिए,’ उनले भने। वरिपरिका छिमेकीहरूले भने ती दिदीबहिनी कसैसँग बोलचाल नगर्ने बताएका छन्। त्यसैले उनीहरूको बारेमा थप जानकारी नभएको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖