एजेन्सी । उत्तरा स्थित माइलस्टोन स्कुल एण्ड कलेजकी पूर्व शिक्षिका ।बंगलादेशको एक विद्यालयमा लडाकु विमान दु’र्घटनाग्रस्त भएपछि फैलिएको आ’गलागीमा शिक्षिका महरीन चौधरीले साहस जुटाएर गरेको मानवीय कार्यले सबैलाई स्तब्ध बनाएको छ।
त्यो भयावह घ’टना घट्दा उनलाई भाग्ने धेरै अवसर थिए। उनी आफूलाई बचाउन सक्थिन्। तर, त्यसको सट्टा उनले सकेसम्म धेरै विद्यार्थीलाई बचाउने निर्णय गरिन्।
उनले कम्तीमा २० जना विद्यार्थीलाई सुरक्षित रूपमा बाहिर ल्याउन सकिन्। तर दुर्भाग्यवश, जब उनलाई उद्धार गरियो, उनी अचेत अवस्थामा थिइन्। अस्पताल लगिएपछि चिकित्सकले उनलाई मृत घोषणा गरे।
उनको साहस, समर्पण र बलिदान सधैँ अमर रहनेछ ।
